लुम्बिनी र सुदूरपश्चिममा वर्षासहित हावाहुरी, सतर्कता अपनाउन आग्रह
काठमाडौं । वर्षासँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको समेत पूर्वानुमान छ । आइतबार (असोज ११) यी दुई प्रदेशको तराई भूभागका थोरै स्थानमा पानीसहित हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीयलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । “लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा पानीसहित हावाहुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

















