बाढीपहिरोका कारण अवरुद्ध छन् यी सडक

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे अपडेट जारी गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो । प्रहरीका अनुसार पाल्पाको तानसेन १४, गाईघाट तानसेन सडक खण्डमा पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको टाकुर्चेमा लेदोसहितको पहिरो र पाङदुरडोलमा भिरबाट ढुंगा खस्दा कान्ति लोकपथ सडक खण्ड अवरुद्द भएको छ । लमजुङको खरखरे भीरमा बेशीसहर(मनाङ सडक खण्डमा पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको आँपचौरस्थित मध्यपहाडी लोकमार्गमा पहिरो आई सडक भासिदा पूर्ण रूपमा अवरोध भएको छ । स्याङ्जास्थित सिद्धार्थ राजमार्ग पनि अवरुद्ध छ । पुतलीबजार(१ तिनधारे, सार्वजनिक शौचालय र बसपार्क स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा लेदो सहितको पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो । प्रहरीका अनुसार तनहुँमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

त्यस्तै, सर्केगार्ड १, खच्चामा पहिरो जाँदा हुम्लास्थित कर्णाली करिडोर पुर्ण रुपमा अबरोध भएको छ । नवलपरासी पूर्वमा कालीगण्डकी करीडोरपनि अवरुद्ध छ । मुस्ताङस्थित जोमसोम कोरला सडकखण्ड अवरुद्ध भएको छ भने दार्चुलामा महाकाली राजमार्ग पनि अवरुद्ध छ । त्यस्तै, म्याग्दीमा बेनी जोमसोम सडक, मकवानपुरमा, हेटौँडा, भैँसे, भिमफेदी फाखेल, काठमाडौं सडक पनि अवरुद्ध छ । यस्तै, तुलसीपुर घोराही सडक, जोमसोम कोरोला सडक पनि अवरुद्ध छ । यता काभ्रेस्थित बीपी राजमार्ग, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग तथा मनाङको चामे बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध छन् । गुल्मीको सिस्नेभिर रुद्रबिनी वामीटक्सार सडक, बागलुङस्थित मध्यपहाडी लोकमार्ग, रोल्पास्थित घोराही थवाङ रुकुम सहिदमार्ग तथा कालिकोटमा कर्णाली राजमार्ग पनि अवरुद्ध छ । त्यस्तै, काभ्रेको अरनिको राजमार्ग, गुल्मीका राजमार्गहरू पनि अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *