गगनले यो देशको नेतृत्व गर्न सक्छन् : रेशम चौधरी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ,’ उनले भने, ‘जसले गणतन्त्र ल्याउन जुन भूमिका खेल्यो, अब यो देश बनाउन पनि अवश्य भूमिका खेल्नेछ।’ चौधरीले संविधान निर्माणमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कांग्रेसमा आएको परिवर्तनले आफूमा विश्वास जागेको बताए। उनले संविधानमा थारूलगायत समुदायका अधिकार लेखिए पनि व्यवहारमा अधिकार नदिइएको गुनासोसमेत गरे। ‘संविधानमा अधिकार लेखियो, तर दिइएन। पहिचानसँग साटफेर गर्न पाइँदैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *