कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, केन्द्रीय सदस्य र अरुलाई कति हजार ?
काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले पदअनुसार फरक–फरक मनोनयन दस्तुर तोकेको हो। समितिको सूचनाअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका उम्मेदवारले समान ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ। सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। असोज २२ गते बिहान ७स्३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा केन्द्र निर्धारण गरिएको छ।

















