जिल्ला सहकारी संघ काभ्रेद्धारा सिइओ रायमाझी पुरस्कृत

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी पुरस्कृत भएका छन् । जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोकले ४५ औ साधारण सभाको अवसरमा उनलाई पुरस्कृत गरेको हो । सिईओ रायमाझीलाई सघले जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारी पुरस्कार–२०८३ बाट पुरस्कृत गरेको छ। सिईओ रायमाझीले सहकारी क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो । युवा सहकारीकर्मीको रुपमा परिचित रायमाझीले जिल्लाको सहकारी अभियानमा छुट्टै पहिभान बनाउन सफल भएका छन् । निरन्तरको मिहेनत, लगनशीलता, इमानदारिता, जिम्मेवारीप्रतिको समर्पण र कार्यक्षेत्रमा देखाउँदै आएको उत्कृष्ट योगदानको सम्मान स्वरूप उनलाई सम्मान गरिएको संघले जनाएको छ । सहकारी मार्फत् सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा उनले सिईओ रुपमा कार्य गरी सक्रिय भूमिका खेल्दै आएका छन् । संघले हरेक बर्ष साधारण सभाको अवसरमा उक्त सम्मान प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *