एनएलजी इन्स्योरेन्सको सीईओमा पुनः पन्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मिति २०८३ असोज १६ गते शुक्रबार बसेको बैठकले पन्तलाई आगामी चार वर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सीईओ पन्तको पहिलो पदावधि २०८३ असोज २३ गते समाप्त हुन लागेको थियो । सञ्चालक समितिको निर्णयअनुसार उनको नयाँ कार्यकाल मिति २०८३ असोज २४ गतेदेखि सुरु भई २०८७ साल असोज २३ गतेसम्म रहनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *