सलिको गल्फ टुर्नामेन्टको मिति परिवर्तन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न गइरहेको गल्फ टुर्नामेन्टको मिति परिवर्तन भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुन गइरहेको गल्फ टुर्नामेन्ट प्रतिकूल मौसमका कारण मिति पर सारिएको आयोजकले जनाएको छ । यसअघि ३१ अक्टोबर (शनिबार) का दिन मिति तय गरिएकोमा त्यसलाई स्थगित गरी १४ नोभेम्बर (शनिबार) आयोजना हुने भएको छ। ‘हाल देशमा देखिएको मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेकोमा कम्पनी सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *