चमेली कल्याणकारी साकोसले मनायो २५ औं स्थापना दिवस
भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २५औं स्थापना दिवस कार्यक्रम आयोजना गरेको छ । संस्थाका संस्थाको अध्यक्ष मिठाराम न्यौपानेको अध्यक्षतामा संस्था स्थापना कालका अध्यक्ष बद्रीप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको छ । स्थापना दिवस कार्यक्रममा नव गठित उपसमितिहरुलाई संस्थाका अध्यक्ष न्यौपानेले मनोनयन पत्र प्रदान गरेका थिए । सो अवसरमा स्थापना कालका सदस्य देविशरण चौलागाईले संस्था स्थापनाको समयमा गरेको योगदानको चर्चा गरेका थिए भने पूर्व अध्यक्षहरु उद्धवप्रसाद चौलागाई, पुस्कर बुढाथोकी र निवर्तमान अध्यक्ष प्रमोद घिमिरे समेतले संस्था स्थापनाकाल देखि हाल सम्मको अवस्था र संस्थाले गरेका क्रियाकलापको वारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शालिकराम घिमिरेले गरेका थिए भने कार्यक्रम संचालन सचिव प्रकाश न्यौपानेले गरेका थिए ।

उक्त कार्यक्रममा संस्थाका स्थापनाकालका सदस्य, पूर्व अध्यक्षहरु, सल्लाहकार, उपसमिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो । संस्थाको यस आर्थिक बर्षको असोज मसान्तसम्म शेयर पुँजी ६ करोड ८३ लाख ४९ हजार,जगेडा कोष १० करोड ६८ लाख ५३ हजार,कुल संस्थागत पुँजी ११ करोड ११ लाख ७७ हजार र अन्य विभिन्न कोषमा ६ करोड ३४ लाख ७३ लाख रहेको छ । संस्थाले बचत संकलन ८५ करोड ५५ लाख ८९ लाख, ऋण लगानी ७० करोड ८२ लाख ८५ हजार गरी कुल सम्पत्ति १ अर्ब १० करोड ३८ लाख पु र्याउन सफल भएको छ । संस्थामा ५ हजार १६१ सदस्य आवद्ध रहेका छन् । सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित भएर उक्त संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।

















