सुदूरपश्चिम रोयल्सद्धारा कर्णाली याक्स ३९ रनले पराजित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पच्छ्याएको कर्णालीले ७ विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हार्दै ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४ रन बनाए । त्यस्तै, इशान पाण्डेले २३, थरिन्दु रथनायकेले २२, अविजित रहेका स्कट कुगेलेइन १३, आरिफ शेखले ११ र कप्तान दीपेन्द्र ऐरीले १० रन बनाए । कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए । त्यसैगरी, नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *