आज विराटनगर र पोखरा, कर्णाली र लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत आज हुने खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछन् । विराटनगर चार अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । टोलीले पाँच खेल खेल्दा दुई जित र तीन हार व्यहोरेको छ । पोखरा भने दुई अंकका साथ तालिकाको अन्तिम स्थानमा छ । पोखराले पाँच खेल खेल्दा एक जित र चार हार व्यहोरेको छ । यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न १२ः३० बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स पनि प्रतिस्पर्धा गर्दै छन् । खेलमा लुम्बिनी जित निकाल्दै प्लेअफमा स्थान बनाउने लक्ष्यमा हुनेछ । लुम्बिनी हाल सात अंकको साथ तालिकाको तेस्रो स्थानमा छ । टोलीले पाँच खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । कर्णाली भने जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ । कर्णाली चार अंकका साथ तालिकाको सातौँ स्थानमा छ । यो टोलीले पाँच खेल खेल्दा दुई जित र तीन हार व्यहोरेको छ । यी दुईबीचको खेल साँझ ५ बजे हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *