नेपाल एसबिआई बैंकले घोषणा गर्यो ८.२५ प्रतिशत लाभांश
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ५५२औँ बैठकले चुक्ता पुँजीको ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ । बैंकको हाल कायम ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९० रुपैयाँ ७२ पैसा चुक्ता पुँजीको आधारमा लाभांश वितरण हुनेछ । बैंकले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त प्रस्ताव बैंकको आगामी ३३औँ वार्षिक साधारणसभामा पेस गरिनेछ । साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित बोनस तथा नगद लाभांश प्राप्त गर्नेछन् ।

















