सिद्धार्थ बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित गोल्डेन हस्पिटल प्रा.लिबीच भएको समझदारी अनुसार अब बैंकका ग्राहकले गोल्डेन हस्पिटलमा स्वास्थ्य सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। सम्झौतामा गोल्डेन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंकका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार, बैंकका ग्राहकले बिराटनगरको जनपथ टोल–११ मा अवस्थित गोल्डेन हस्पिटलमा उपचार गराउँदा बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गरेमा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

यस पहलले ग्राहकलाई नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट सेवा उपभोग गर्न प्रेरणा दिने बैंकको विश्वास छ। सिद्धार्थ बैंकले स्वास्थ्य क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्न यस किसिमको सहकार्यलाई महत्वपूर्ण मानेको छ। बैंकले ग्राहकहरूलाई लक्षित गर्दै दैनिक जीवनसँग सम्बन्धित विभिन्न सेवामा छुट तथा सहुलियत उपलब्ध गराउने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको जनाएको छ। गोल्डेन हस्पिटलले समेत सेवा प्रयोगकर्तामा डिजिटल माध्यमबाट भुक्तानीको चलन विस्तार गर्न सकिने र यसले अस्पतालको सेवा विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *