कुमारी बैंकका ग्राहकलाई गुर्जुधारा ट्रायल सेन्टरमा १५ प्रतिशत छुट

काठमाण्डौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाडौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) काबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा सञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *