इजरायल छोड्न आफ्ना नागरिकलाई चीनको आग्रह

काठमाडौँ । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म छिटो इजरायल छोड्न आग्रह गरेको छ ।

इजरायली हवाई क्षेत्र बन्द भएकोले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा पार गरेर इजरायल छोड्न निर्देशन दिएको हो । जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै छाड्न अपील गरेको छ । इजरायल-इरान द्वन्द्व बढ्दै गएको र नागरिक सुविधाहरूमा क्षति पुगेको र नागरिक हताहत बढेको उल्लेख गरिएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले इजरायलका सम्बन्धित सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सीमा खुला रहने पुष्टि गरेको बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *