बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको बताइएको छ । गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ ।

सडक बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् भने सवारीसाधन सडकमै लाइन लागेका छन् । सडक विभागका अनुसार सबैतिरका सडक खुलाउने प्रयास जारी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *