प्रतिपक्षलाई विश्वासमा लिई सदन सुचारु गर्नुपर्छ- नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्नुपर्ने बताएका छन् ।

श्रेष्ठले सरकार र सभामुखबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुको अवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको उल्लेख गर्दै सबैको सहमतिमा सदन संचालन हुनुपर्ने बताएका हुन् । साथै उनले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन समेत अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा जे लेखे

सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको छ । यद्यपी अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन ।सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु।

त्यसप्रकारले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *