युनाइटेड अजोड इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको असार ४ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाइ वितरणा गरिनेछ ।