क्यानडा टी-२० विश्वकप २०२६ मा छनाेट

काठमाडौं । क्यानडा आउँदो वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ ।

अमेरिका क्षेत्रीय छनोटमा बहामासलाई हराउँदै क्यानडा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप २०२६ मा छनोट भएको हो ।बाहमासले दिएको ५८ रनको लक्ष्य क्यानडाले ५.३ बलमा ३ विकेट गुमाएर भेटायो । क्यानडाका दिलप्रीत बाजवाले नटआउट ३६ रन बनाए । बहामासका केर्भाेन हिन्दसले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहामास १९.५ बलमा ५७ रनमा अलआउट भयो । बहामासका जभेले गलीमोरेले सबैभन्दा धेरै नटआउट १४ रन बनाए । क्यानडाका कलीम सना र शिवम् शर्माले ३/३ विकेट लिए । क्यानडा लगातार दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो ।

टी–२० विश्वकपमा १२ वटा टोली सोझै छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान प्रतियोगितामा साेझै छनोट भएका हुन् ।

अब विश्वकप खेल्ने ७ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । यसका लागि युरोप छनोटबाट २, अफ्रिका छनोटबाट २ र एशिया छनोटबाट ३ वटा टोली विश्वकपमा पुग्नेछन् । एशिया छनोट आउँदो अक्टोबरमा हुनेछ । एशिया छनोटमा नेपालसँगै आयोजक ओमान, जापान, कुवेत, मलेशिया, पपुवा न्यु गिनी, कतार र यूएई सहभागी हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *