भक्तपुर जिल्ला बचत संघको मानव श्रोत साधन व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले मानव श्रोत साधन व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न गरेको छ । संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारीमा कार्यक्रम भएको हो । तालिम समापन कार्यक्रममा मन्तब्य राख्दै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्डले सहकारी अभियानलाई कमजोर तथा संकुचनमा ल्याएको बताए । सहकारी अभियानमा परिचालित जनशक्तिको रोजगार सुरक्षित हुनुपर्नेमा मापदण्डले विचलन ल्याएको उल्लेख गरे । मानिस मेसिन नभएकोले मानव श्रोतलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण कार्य भएकोले श्रमिक र संस्था दुवैको बृद्धि तथा विकासले मात्र संस्था दिगो रहने भनाइ उनले राखेसंस्थाको मानव श्रोतको अवस्था बुझ्न संचालकहरुले हरेक वर्ष कार्यमुल्यांकन र विश्लेषण गर्नुपर्ने जनाए । संघका सचिव एवं शिक्षा तथा संस्थागत विकास उपसमितिका संयोजक जगनाथ प्रजापतिले संस्थामा प्रभावकारी मानव श्रोत साधन व्यवस्थापनबाट मात्र संस्थाको लक्ष्य हासिल गर्न सकिने भएकोले मानव श्रोत संसाधन व्यवस्थापन तालिम महत्वपूर्ण तालिम रहेको बताए । सिकेका ज्ञान सिप कार्यरत संस्थामा सहकर्मीहरुलाई हस्तान्तर गरी नयाँ व्यवहार र सँस्कृति विकास गर्नुपर्ने विचार उनले राखे । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संस्थाका कर्मचारीहरुले सहकारी संस्थामा संचालनका समस्यालाई देखाउने काम गर्ने होइन सम्बन्धित ऐन नियमको परिधिमा रही समस्याको समाधानका उपायहरु संस्थालाई दिनुपर्ने बिचार राखे । सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले श्रम ऐन, नियमावली र बोनस ऐन अनुसार कर्मचारीको नीति, कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्ने विचार उनले व्यक्त गरे । प्रशिक्षक डा. कृष्णकान्त मिश्रले सहकारीको विकास गर्न प्रभावकारी मानव श्रोत साधनको व्यवस्थापन बिना सफल नहुने बताए । सहकारी संस्थाले राज्यको नीति नियम अनुसार आन्तरिक मानव स्रोत संसाधान नीति तथा कार्यविधि हुनुपर्ने र सो बाझिएको हदसम्म उक्त कार्यविधि स्वतः निष्क्रिय हुने उनले उल्लेख गरे । सहकारी संस्थाका कर्मचारीहरुलाई मौद्रिक तथा अमौद्रिक सेवा दिएर उत्प्रेरित गर्नुपर्ने उनको विचार थियो । तालिममा सहभागीहरुले मानव स्रोत साधनको भर्ना देखि अवकाससम्मको व्यवस्थापनका असल अभ्यास, कार्यविधि र प्रविधिको बारेमा अन्र्तक्रियात्मक शैलीबाट प्रभावकारी सिकाई भएकोमा खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखा सम्बन्धीत १५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *