जापानमाथि नेपाल ९ विकेटले विजयी

काठमाडौँ । नेपालले जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । जापानले दिएको ८१ रनको लक्ष्य पछाएको नेपालले १४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ३३ र शिवांश बजगाईंले अविजित ३८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको थियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर शुभम खनालले ५ विकेट लिए भन अभय यादवले २ तथा सुशील बहादुर रावल र कप्तान विपिन शर्माले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *