तोलामा १७ सयले घट्यो सुन, १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
हिजो सोमबार स्थिर रहेको सुनको मूल्य आज मंलगबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।