एमालेलाई चारवटा शक्तिले आक्रमण गरेको पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीलाई चारवटा शक्तिहरूले आक्रमण गरिरहेको दाबी गरेका छन् ।

उनले एमालेले राष्ट्रहित र जनताका मुद्दालाई सशक्त रूपमा उठाउँदा यस्ता आक्रमणहरू भए पनि तिनको स्वार्थ पूरा हुन नदिन एमालेले कडा प्रतिवाद गर्नुपर्ने बताए । काठमाडौं जिल्ला कमिटीको छैटौँ बैठकलाई टोखामा सम्बोधन गर्दै पोखरेलले एमालेमाथि राजावादी, माओवादी, समाजवादी र पपुलिस्ट राजनीति गर्नेहरू तथा बाह्य शक्तिहरूले आक्रमण गरिरहेको बताए ।

‘मुख्य रूपमा चार शक्तिहरूले एमालेमाथि साइबर आक्रमण गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले एमालेलाई कमजोर बनाउन खोजिरहेका छन्,’ पोखरेलले भने, ‘राजावादी, माओवादी, समाजवादी, पपुलिस्ट र बाह्य शक्तिहरूले एमाले कमजोर हुँदा आफ्नो स्वार्थ पूरा हुने ठानेर हामीलाई निशाना बनाएका छन् ।’ उनले एमालेको उपस्थितिले राजावादी आन्दोलनलाई असफल बनाएको दाबी गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *