कुमारी बैंकले बैंक खातामा बीमा सुविधा हटाउने

काठमाडौं । कुमारी बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गरिँदै आएको बीमा सुविधा साउन ३१ गतेपछि बन्द गर्ने जनाएको छ । बैंकले विगत लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम स्यालरी एकाउन्ट, कुमारी रेमिट प्रिमियम सेभिङ एकाउन्ट लगायत अन्य विभिन्न खाताहरूमा बीमा सुविधा प्रदान गर्दै आएको छ । परिवार सुरक्षा बचत खातामा रहेको २६ लाख, कुमारी प्रिमियम स्यालरी एकाउन्ट र कुमारी रेमिट प्रिमियम सेभिङ एकाउन्ट रहेको ७।७ लाखसम्मको बीमा सुविधा यथावतै राखि अन्य खाताहरूमा प्रदान गर्दै आएको बीमा सुविधा साउन ३१ गते पश्चात् कायम नरहने बैंकले जनाएको छ । उक्त खातामा ग्राहकहरूले पाइरहेको अन्य सबै सेवा सेवासुविधाहरु भने यथावत् रहने बैंकले जनाएको छ । बैंकले असार १७ गतेपछि उल्लेखित खाताहरू बाहेक अन्य खाताहरूलाई नयाँ बीमा सुविधामा समावेश गरिने छैन । तर, यसअघि बीमामा समावेश भइसकेका ग्राहकहरूले साउन ३१ गतेसम्मका स्वास्थ्य उपचारको बिल बैंक समक्ष दावी गर्न सक्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *