मिड भ्याली एस एस कलेजको छात्रवृत्ति योजना

भक्तपुर । सूर्यविनायकस्थित मिड भ्याली स्कुलले कक्षा ११ मा भर्ना हुने छात्रछात्रालाई विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । संस्थाले उत्कृष्टता तथा अन्य आधार गरी करिब २० वटा शीर्षकमा छात्रवृत्ति दिने विद्यालयका प्राचार्य गोविन्द बल्लव जोशीले जानकारी दिए । गत वर्षदेखि ११ कक्षा सञ्चालनमा ल्याएको सो स्कुल एक वर्षको अवधिमा काठामाडौं उपत्यकामै उत्कृष्ट विद्यालयको रुपमा विद्यार्थीको रोजाइमा पर्न सफल भएको विद्यालयको दाबी छ ।

विभिन्न उत्कृष्ट विद्यालयमा अध्यापन गराइसकेका अनुभवी तथा दक्ष शिक्षक÷शिक्षिका रहेका कारण विद्यालयको पढाइको गुणस्तर अब्बल रहेको अध्ययनरत विद्यार्थीहरुको भनाइ रहेको छ । शैक्षिक गतिविधिका अतिरिक्त विद्यालयमा पर्याप्त स्थानसहित खेलकुद मैदान, आफ्नै फुटसल, भलिबल, बास्केटबल, स्वीमिङ पुललगायत खेलकुदका लागि सुविधासम्पन्न पूर्वाधार रहेको सो विद्यालयका कक्षाकोठा पनि वातावरण अनुकूलित हुनुका सार्थ प्रविधिमैत्री रहेका छन् । ‘हामीकहाँ विद्यार्थीलाई सुविधा हुनेगरी कक्षा कोठा बनाइएको छ । यसकारण कोही विद्यार्थी पनि कक्षा कोठामा बस्दा असहज महसुस गर्नु पर्दैन,’ प्राचार्य जोशीले भने, ‘भक्तपुरमा शुलभ र गुणस्तरीय शिक्षाका लागि हामी एउटा मानक बन्ने प्रयासमा छौं । हाम्रा शिक्षक शिक्षिकाहरु हाम्रो सबैभन्दा सवल पक्ष हुन् । यसबाहेक विद्यार्थीले अतिरिक्त क्रियाकलापलगायतले आफ्नो व्यक्तित्व विकास गर्ने मौका पाउँछन् ।’ गत वर्ष विद्यालयले विज्ञान तथा प्रविधि सम्बन्धी प्रतिस्पर्धात्मक प्रदर्शनीको आयोजना गरेको थियो ।

यस्तै एसइई दिएका विद्यार्थीका लागि फुटसल प्रतियोगिता, बास्केटबल प्रतियोगितालगायत विभिन्न प्रतिस्पर्धात्मक कार्याक्रमको आयोजना गरेको थियो । ‘तुलनात्मक हिसाबले अन्यत्र भन्दा शुलभ र गुणस्तरीय शिक्षा दिएकोमा विद्यालयप्रति मेरो सधै सकारात्मक सहयोग रहनेछ,’ एक अभिभावकले भने, ‘भक्तपुरमा यत्तिको पूर्वाधार र गुणस्तरीय संस्था आउनु हाम्रो लागि गौरवको विषय हो ।’विद्यालयले हाल विज्ञान, व्यवस्थापन र कानुनमा कक्षा ११ का लागि भर्ना लिइरहेको र आज २० गते शुक्रबार पहिलो प्रवेश परीक्षा रहेको विद्यालयका सहायक प्रधानाध्यपक मुकुन्दराज ढुंगानाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *