‘विद्युतको खपत बढाउनका लागि ईभीको करलाई स्थिर राखेका हौँ’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनका लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बजेट मार्फत नेपालको ऊर्जा खपत बढाउनका लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरेको बताएका हुन्। मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्।

अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयन समेत जिम्मेवारी रहेको बताए । आगामी वर्षको बजेट कार्यान्वयनको तयारी गरिरहेको बताए । बजेटमा टेक एन्ड पेको विषयमा अन्योल भए पनि स्पष्ट पारेसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *