काँग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् ।

बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औँ दिनको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले कँडेलको जस्तो त्याग र निष्ठा अब नपाइने बताए । कँडेलले राजनीतिमा लागेर कहिल्यै पनि केही नमागेको उनले स्मरण गरे । काठखोला गाउँपालिका-५ करलिमस्थित कँडेलकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका देउवाले सबैलाई लोकतन्त्रको चिन्ता गर्नसमेत आग्रह गरे । उनले लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित बन्ने धारणा राखेका थिए ।

कार्यक्रममा अर्का नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशीलगायतले पनि कँडेलप्रति श्रद्धाञ्जली दिए । श्रद्धाञ्जली सभाका लागि काँग्रेसका नेता तथा कार्यकर्ता कँडेल निवास पुगेका थिए । कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं १ बाट विजयी सांसदसमेत थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *