नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय शिक्षा मेला
काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव र सफलता हासिल गरिसकेको ईडीएफ ज्याम्बोरीले नेपालका विद्यार्थी लक्षित कार्यक्रम ल्याउने भएको छ । २८ असार शनिबार ईडीएफ ज्याम्बोरीले यूके (बेलायत), अस्ट्रेलिया र युरोपका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयलाई प्रत्यक्ष रूपमा काठमाडौंमा ल्याउन लागेको हो । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने र ईडीएफ ज्याम्बोरीको कार्यालय न्यु प्लाजा पुतलीसडकमा आयोजना हुनेछ । यस मेलाको विशेषता भनेको विद्यार्थीहरूले परम्परागत रूपमा लामो समय लाग्ने आवेदन प्रक्रियाबाट मुक्त भई विश्वविद्यालयका निर्णयकर्ताहरूसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न सक्ने मौका पाउनेछन् । संस्थाका अनुसार यो केवल शिक्षा मेला होइन, विश्वस्तरीय संस्थाहरूमा पुग्ने द्रुत र सुलभ मार्ग हो । गत वर्षकै मेलामा सहभागी विद्यार्थीहरूले केही घण्टाभित्र ससर्त प्रस्ताव पाएका थिए, जसले उनीहरूको अध्ययन यात्रा तत्काल सुरु गरायो । ईडीएफ ज्याम्बोरीका एक वरिष्ठ सल्लाहकारका अनुसार प्रत्यक्ष अन्तक्र्रियाले नेपाली विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शिक्षामा पहुँचको ढोका फराकिलो बनाएको छ । मेलामा सहभागी विश्वविद्यालयहरूले छात्रवृत्तिको जानकारी, शुल्क छुट तथा कार्य–अध्ययन कार्यक्रम सम्बन्धी अवसर प्रस्तुत गर्नेछन् । विद्यार्थीहरूले सोही दिन ससर्त प्रस्ताव प्राप्त गर्ने सम्भावना रहन्छ भने लोकप्रिय कार्यक्रममा प्राथमिकता सहित द्रुत प्रक्रिया अपनाउने मार्ग खुला हुनेछ ।
मेलामा सहभागी हुने विद्यार्थीहरूलाई आवेदन शुल्क माफ हुने, एक्सप्रेस भिसा प्रक्रियामा मार्गदर्शन प्रदान गरिने, आईईएलटीएस वा पीटीई तयारीका लागि निःशुल्क स्रोत उपलब्ध गराइने र अनलाइनमा नपाइने विशेष कार्यक्रमबारे जानकारी दिइने छ । ईडीएफ ज्याम्बोरीले विगत १५ वर्षमा ५ हजारभन्दा बढी विद्यार्थीलाई विदेश पठाएको छ र हालसम्म २ सयभन्दा बढी विश्वविद्यालयसँग साझेदारी कायम राखेको छ । भिसा सफलता दर ९५ प्रतिशत रहेको तथ्यांकले संस्थाप्रतिको विश्वास अझ बढाएको संस्थाको दाबी छ । यस वर्षको मेला यूके, अस्ट्रेलिया र युरोपमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि विशेष अवसर बन्ने छ । यूकेमा विश्वस्तरीय शैक्षिक सम्पदाका साथै अध्ययनपछि कार्य भिसाको अवसर छ । अस्ट्रेलियामा गुणस्तरीय शिक्षा, राम्रो जीवनशैली र अध्ययनपछि तीन वर्षको कार्य अधिकारसहित स्थायी बसोबास सम्भावना पनि खुला हुन्छ । युरोपतर्फ हेर्दा, अंग्रेजी भाषामा उपलब्ध कार्यक्रम, ईयू गतिशीलता अवसर र तुलनात्मक रूपमा सस्तो ट्युसन शुल्कले विद्यार्थीलाई आकर्षित गर्दै आएको छ । सिट सीमित भएकाले मेलामा सहभागी हुन चाहने विद्यार्थीले अनिवार्य रूपमा दर्ता गर्नुपर्ने छ । दर्ता ईडीएफ ज्याम्बोरीको वेबसाइटमा वा फोनमा सम्पर्क गरेर गर्न सकिन्छ । सहभागीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र, आईईएलटीएस वा पीटीई स्कोर र पासपोर्ट साथमा ल्याउनुपर्ने छ ।