एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य
काठमाडौं । एनआईसी एशिया बैंक र ई—स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकले ई।स्टप नेपालद्वारा सञ्चालित रेष्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट पाउने भएका छन्। ई —स्टप नेपालले देशका विभिन्न स्थानहरू — नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटार — मा सञ्चालित रेष्टुरेन्ट तथा चार्जिङ स्टेसनमा यो छुट उपलब्ध हुनेछ। ग्राहकले खाना खाँदै विद्युतीय सवारी साधन चार्ज गर्ने क्रममा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार, डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो सहकार्यबाट ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा छुटको सुविधा पाउनेछन्। ई.स्टप नेपाल “दी गो ग्रुप अफ कम्पनी” अन्तर्गतको संस्था हो, जसले हरित प्रविधि र दिगो सेवामा आधारित व्यवसायिक सेवा सञ्चालन गर्दै आएको छ। बैंकले यस सहकार्यबाट डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ बनाउने र हरित अर्थतन्त्रको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। सम्झौताले ग्राहक सन्तुष्टि, सेवा सहजता र पर्यावरणमैत्री जीवनशैलीतर्फको संक्रमणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। आगामी दिनमा बैंकले यस्ता सहकार्यलाई अझ विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।