ललितपुर महानगरपालिकामा शोक बिदा
काठमाडौँ । ललितपुर महानगरपालिकाले शोक बिदा दिएको छ ।
पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी आज शोक बिदा दिएको हो । बज्राचार्यको साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो ।
उनी २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री थिए। त्यसअघि २०६० मा ललितपुरको नगर प्रमुख भएका थिए।
