गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीन जानुभएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मुख्यमन्त्री पाण्डेको अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई दिएको छ।