लक्ष्मी महिला साकोस बागमती प्रोस्कूनद्वारा सम्मानित
काभ्रे । काभ्रेको पनौती ५ चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा सम्मानित हुने भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बागमती प्रोस्कून) ले ६ औं स्थापना दिवसको अवसरमा उक्त संस्थालाई प्रदेशभरको महिला सहकारी संस्था मध्ये उत्कृष्ट संस्थाको रुपमा सम्मानित गर्ने घोषणा गरेको हो । प्रोस्कूनले १४ वटा विधामा व्यक्ति तथा संस्थालाई सम्मान एंव पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । जसमध्ये लक्ष्मी महिला साकोस महिलातर्फको उत्कृष्ट संस्थाको रुपमा सम्मानित हुने भएको हो ।
प्रोस्कूनले घोषणा गरेको उक्त सम्मान आगामी साधारण सभा दिने जनाएको छ । संस्थामा ३ हजार ४ सय भन्दा बढी महिला सदस्य आवद्ध रहेका छन् भने ३ करोड १४ लाख शेयर पुँजी,१ करोड ५४ लाख जगेड कोष र १ करोड ६१ लाख संस्थागत पुँजी रहेको छ । संस्थाले २६ करोड ८६ लाख माथि बचत संकलन गरी २१ करोडको हारहारीमा ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति ३३ करोड नजिक पुगेको छ । महिला सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानमा सक्रिय उक्त संस्था यस अघि पनि विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेको छ । संस्था समुदायमा केन्द्रीत भई सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर सञ्चालन हुँदै आएको छ ।