ब्रिजवाटर इन्टरनेशनल स्कूलमा “फूड फेस्ट २०८२” कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामङगलमा रहेको ब्रिजवाटर इन्टरनेशनल स्कूलमा एक कार्यक्रमकाबीच भव्यताका साथ “फूड फेस्ट २०८२” कार्यक्रम सम्पन्न गरिएको छ । विद्यार्थीहरूमा सिर्जनात्मकता, समूहमा काम गर्ने क्षमताको विकास, र विविध सांस्कृतिक परिकारहरूको पहिचान गराउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको सो विद्यालयका लेखा तथा प्रशासन प्रमुख राकेश साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हाम्रो स्कूलमा अध्यनरत विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नै मेहनतमा तयार पारेका स्वादिला तथा आकर्षक परिकारहरू प्रस्तुत गरेका थिए ।

हरेक स्टलले फरक विषयवस्तु, संस्कृति र स्वादलाई प्रतिनिधित्व गर्दै अत्यन्तै रमाइलो वातावरण सिर्जना गर्‍यो । आज आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, व्यावसायिक सोच र नेतृत्व क्षमताको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको आफुहरुको निस्कर्ष रहेको सो स्कूलमा प्राधानाध्यापक नारायण दासले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, व्यावसायिक सोच र नेतृत्व क्षमतामा विकास गरेको छ । हाम्रो विद्यालयले यस्ता सिर्जनात्मक र अनुभवात्मक शिक्षामूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।” फूड फेस्टमा कक्षागत खाना स्टलहरू, स्वास्थ्यसँग मेल खाने परिकारहरूको प्रदर्शन, सजावट तथा परिकार प्रस्तुतीकरण प्रतियोगिता, अभिभावक तथा शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *