आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा

काठमाडौँ । आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

नेवार समुदायको महत्वपूर्ण बसोबास रहेको बागमती प्रदेशको काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *