अग्नि मोटो–इंकले नाइमा एक्स्पोमा लन्च गर्यो बिगस ईभी स्कुटर
काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटो–इंकले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (बिजी) ‘इलेक्ट्रिक स्कूटरहरू’ नेपाली बजारमा सार्वजनिक गरेको छ । साउन २१ गते भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रोडक्ट लञ्च इभेन्टमार्फत स्कुटरहरू सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नृत्य कलाकार, मोडल तथा प्रभावशाली व्यक्तित्व कविता नेपाली, अग्नि समूहका वरिष्ठ अधिकारीहरू, सञ्चारकर्मीहरू र ग्राहकहरूको उपस्थिति रहेको थियो । अग्नि ग्रुपले बिगस (बिजी) का दुई मोडेलहरू – बिजी आरयुभी–३५० र बिजी सि१२ नेपाली बजारमा सार्वजनिक गर्दै, सहरी तथा दैनिक यात्राका लागि उच्च प्रदर्शन दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको विद्युतीय स्कुटरहरूको नयाँ विकल्प प्रस्तुत गरेको छ ।
बिजी आरयुभी दुई भेरियन्टमा उपलब्ध छन् – आरयुभी ३५० आइईएक्स, जसको मूल्य २लाख ७९ हजार ४०० रहेको छ, र आरयुभी म्याक्स, जसको मूल्य ३ लाख २५ हजार ३०० रहेको छ । साथै बिजी सि१२ पनि दुई भेरियन्टमा उपलब्ध छन् – सि१२ आइईएक्स, जसको मूल्य २ लाख २८ हजार ४०० रहेको छ भने सि१२ म्याक्स ३.०, जसको मूल्य ३ लाख ४ हजार ९०० रहेको छ । यसमा १६ इञ्चको ठूलो एलोय ह्विल, १६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडीसहित, यो स्कुटर मजबूती र स्टाइल दुवैमा अगाडि छ । १६५ न्युटनमिटरको पिक टर्क, ७५ किलोमिटर प्रति घण्टा टप स्पीड, र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पीएमएसएम इन९ह्विल हाइपरड्राइभ मोटरसहित, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड, आइपी ६७ रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले यसलाई सुरक्षित र स्मार्ट बनाएको छ । विगत तीन दशकदेखि अग्नि ग्रुपले नेपाली बजारमा गुणस्तरीय, नवप्रवर्तनशील र प्रविधिमैत्री सवारी साधनहरू ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । अग्नि मोटोइन्कले सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ को भृकुटीमण्डपमा अवस्थित बिगसको स्टलमा भ्रमण गरी नयाँ स्कुटरहरू प्रत्यक्ष अनुभव गर्न आह्वान गरेको छ। साथै, ग्राहकहरूले उत्तरढोका स्थित बिगसको आधिकारिक शोरूममा गई स्कुटरहरू अनुभव गर्न सक्नेछन् ।