जनभावनाअनुरूप काम गरी गणतन्त्र सुदृढीकरण गर्न आग्रह

काठमाडौँ । राजनीतिक दलहरूले नागरिक अपेक्षाअनुरूप भूमिका निर्वाह गर्न सकेमात्र लोकतान्त्रिक गणतन्त्र दिगो हुनेमा जोड दिइएको छ । गणतन्त्र दिवसका अवसरमा आज मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाद्वारा आयोजित ‘लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरू’ विषयक गोष्ठीमा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले दलहरुको व्यवहारमै सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने बताए ।

शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाईं र उत्तम पुडासैनी, पूर्वसभापति डा. गङ्गाधर अधिकारी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, पूर्वउपप्रमुख शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायण सुवेदी, ६ का अध्यक्ष नवराज लामा, समाजसेवी श्रीराम चालिसे, शान्ति समाज काठमाडौँ शाखा सभापति भगवान् पुडासैनीलगायतले गणतन्त्रको स्थायित्वका लागि दलहरुको व्यवहार सुध्रिनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी शान्ति समाज पाल्पा शाखाद्वारा आज आयोजित लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरू विषयक विचार गोष्ठीमा जिल्ला न्यायाधीश खड्गबहादुर केसी, शान्ति समाजका उपसभापति कृष्णबहादुर रावल, पत्रकार महासङ्घ जिल्ला अध्यक्ष रेखिराम राना, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष घनेन्द्रराज घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि मथुरा ढकाललगायत राजनीतिक समाज र नागरिक समाजका प्रतिनिधिहरुले गणतन्त्रको सुदृढीकरणका लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् ।

यसै अवसरमा आज शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित विचार गोष्ठीमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा बुढाथोकी, शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली, पूर्वउपसभापति मोहन धिताल, दाङ शाखा सभापति तुलसीराम सुनार, नवनिर्वाचित जनप्रतिनिधिहरू दुजमान भण्डारी, रामबहादुर जिसी, शिवानन्द डाँगी, नागरिक समाजका अगुवा टीकाराम रेग्मी, ज्येष्ठ नागरिक समाजका खुमानन्द अधिकारी, महिला मानव अधिकार रक्षक सञ्जालकी पद्मा चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शान्ति समाज ललितपुर शाखाद्वारा आयोजित कार्यक्रममा स्रष्टा व्याकुल माइला, डा. लालबहादुर पुन, शान्ति समाजका केन्द्रीय सदस्य चन्द्रमणि बन्जारा, पूर्वसचिव बलबहादुर गाहा मगर, शाखा सभापति सञ्जोग चाम्लिङ राईले मन्तव्य व्यक्त गरेका थिए ।गणतन्त्र दिवसकै अवसरमा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा जितपुरमा आयोजित सुशासन र गणतन्त्र विषयक कोणसभामा शान्ति समाजका केन्द्रीय सदस्य दिलबहादुर कार्की, कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलले सुशासनले नै गणतन्त्रलाई स्थायी बनाउने बताए । गणतन्त्र दिवसका अवसरमा शान्ति समाजका विभिन्न जिल्ला शाखाले आज साँझ दीपावली गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *