नारायणकाजी श्रेष्ठ र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय श्रेष्ठले अन्य दलका नेताहरुसँग भेटवार्ता तिब्र बनाएका छन् । यस अघि श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग डल्लु निवास पुगेर भेट गरेका थिए ।

त्यसअघि श्रेष्ठले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग आफ्नै निवासमा भेट गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *