एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटीभी सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसन्स् लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरे । यस सम्झौतासँगै बैंकका ग्राहकहरूले पहिलो पटक सिजी इन्टरनेट र आइपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५०० र संस्थागतरूपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै हाल सेवा लिइरहेका ग्राउक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *