प्रचण्ड र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
खुमलटारमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। दुई देशबीचको हित र आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ। मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन्। उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो पनि दिएका थिए।
प्रधानमन्त्रीसँग सिंहदरबारमा भेटगरे लगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका मिस्री त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।