गृहमन्त्री लेखकले रौतहटको गौर हत्याकाण्डको अनुसन्धान प्रक्रियाबारे छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रौतहटको गौर हत्याकाण्डको अनुसन्धान प्रक्रियाबारे छलफल थालेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई मंगलबार गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री लेखकले छलफल थालेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार, बैठकका लागि तीनवटै सुरक्षा निकाय प्रमुख केही बेरअघि मात्रै गृहमन्त्रालय पुगेका छन् । सोमबारमात्रै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गौर हत्याकाण्डबारे अनुसन्धान गर्न परमादेश जारी गरेका थिए ।

त्रिभुवन साहसहितले गौर हत्याकाण्डमा मुद्दा चलाउने बाटो खोलिदिन माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चको परमादेशसँगै घटनाको १९ वर्षपछि अनुसन्धान हुने भएको हो । ०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । यस्तै, सयभन्दा बढी घाइते भएका थिए । मधेसी जनअधिकार फोरम र माओवादीको मधेसी मुक्ति मोर्चाको कार्यक्रममा झडप भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *