सहकारी महासंघको आयोजनामा मंसिरमा युवा सम्मेलन हुने
राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०२५ को अवसरमा युवा सम्मेलन गर्ने भएको छ । आगामी मंसिरमा ‘युवा तथा प्रविधि’ सम्मेलन गर्न लागेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् । युएनले सन् २०२५ लाई दोस्रो पटक अन्तर्राष्ट्रिय सहकारी बर्ष घोषणा गरेको र त्यस अवसरमा युवा सम्मेलन गर्न लागिको उनको भनाई छ। युवाहरुलाई कसरी सहकारीमा आकर्षित गर्न सकिन्छ भन्ने उदेश्यका साथ यो सम्मेलन आयोजना गर्न लागिएको उनले जानकारी दिइन् ।अध्यक्ष मल्लले महासंघले सहकारी अभियानको नेतृत्वदायी भुमिका निर्वाह गर्दै युवाहरुलाई कसरी सहकारीमा आवद्ध गराउन सकिन्छ भनेर लागि परेको जनाइन्।
युवाहरुलाई सहकारीमा आकर्षित गर्न प्रविधि प्रयोगलाई पनि सँगसँगै लिएर जानुपर्ने भएकाले सहकारी पनि प्रविधिमैत्री सेवामा लाग्नुपर्ने उनको भनाई छ । प्रविधिको प्रयोगले मात्र युवा पुस्तालाई सहकारीमा जोड्न सकिने उनको धारणा छ। सहकारीप्रति युवालाई आकर्षण गर्न नसकिए यो क्षेत्रको गुणात्मक वृद्धि नहुने भन्दै अध्यक्ष मल्लले यो सम्मेलन त्यसलाई सघाउने उल्लेख गरिन्। त्यसैगरी युएनको एफइओ अन्तर्गत सन् २०२६ लाई महिला फार्मिङ वर्षको रुपमा घोषणा गरेको र आइसिए एपी र महासंघको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय महिला सम्मेलन गर्ने समेत उनले बताइन् । यस बर्षको बजेटमा उक्त कार्यक्रम आइसकेको र सञ्चालक समितिको बैठकले समेत पारित गरिसकेको अध्यक्ष मल्लले जानकारी दिइन् । दुवै कार्यक्रममा सहभागी भएर यसलाई अभियानको कार्यक्रम बनाइदिन सहकारीकर्मीहरुसँग उनको आग्रह छ।