साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भारतसँग खेल्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालले पहिलो खेल भारतसँग खेल्दैछ । खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने छ । १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन् । डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *