गुण्डागर्दीमा संलग्न रेस लामाविरुद्ध चार दिनको म्याद थप
काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप भएको छ ।
अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको म्याद थप गरेको हो । उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो ।
उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ ।