पोखरा रोयल सहकारी र दृष्टि आँखा अस्पतालबीच सम्झौता
पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्न दृष्टि आँखा अस्पताल प्रालि पोखरासँग दुई पक्षीय सम्झौता गरेको छ। औपचारिक कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताबारे जानकारी सहकारीका सूचना अधिकारी मीलन ढकालले दिएका हुन्।
यी सेवा क्षेत्रमा छुट:
सम्झौताअनुसार पोखरा रोयल सहकारीका सदस्यहरूले दृष्टि आँखा अस्पतालमा निम्न सेवाहरूमा छुट पाउनेछन्:
ओपीडी सेवा : १० प्रतिशत छुट
चेकजाँच तथा प्रयोगशाला : २५ प्रतिशत छुट
चश्मा तथा चश्माजन्य सामग्री : ३० प्रतिशत छुट
फार्मेसी सेवा : १० प्रतिशत छुट
“सदस्य सुविधा पहिलो प्राथमिकता” – अभिषेक गुरुङ
संस्थाका सदस्य सेवा विभाग प्रमुख अभिषेक गुरुङले सदस्यहरूको स्वास्थ्य, सुरक्षा र सहजतालाई संस्था सधैं प्राथमिकतामा राख्ने बताएका छन्। उनले यस्ता सहुलियत कार्यक्रमलाई आगामी दिनहरूमा थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
“सहकार्य दीगो र फलदायी हुनेछ” – गोकर्ण क्षेत्री
दृष्टि आँखा अस्पतालका सीईओ गोकर्ण क्षेत्रीले सहकार्य दीगो र सदस्यमैत्री हुने विश्वास व्यक्त गर्दै सहकारी सदस्यहरूले सदस्यता प्रमाण लिएर अस्पतालको सेवा लिँदा सम्झौताअनुसार छुट प्राप्त गर्न सक्ने जानकारी दिए। पोखरा रोयल सहकारी विगत २० वर्षभन्दा बढीदेखि वित्तीय सेवा प्रदान गर्दै आएको संस्था हो भने दृष्टि आँखा अस्पतालले ३ वर्षदेखि आँखा स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएको छ।