झापामा प्रधानमन्त्री ओलीको निवासमा आगजनीको प्रयास

काठमाडौं । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनीको प्रयास भएको छ । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार करिब १५० जनाको समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा आक्रमण गर्ने प्रयास गरेको थियो ।

समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा पुग्ने प्रयास गरेका भए पनि प्रहरीले टाढैबाट उनीहरूलाई रोकेर स्थिति नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अहिले अवस्था सामान्य रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *