‘बलिदान’ को शीर्ष गीत ‘यो ज्यान बलिदान’ सार्बजनिक

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज भएको छ ।

हर्क साउदको शब्द र संगीत र स्वर सुजन चापागाईंको रहेको गीतमा आमा र छोराको बारेमा रहेको छ । फिल्म ‘बलिदान’मा अभिनेता समीर भट्टसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सन्तोष सेनलगायतका कलाकारको अभिनय छ ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्म बलिदान आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको छ भने फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । यो फिल्म दसैंको फूलपातीमा प्रदर्शनमा आउदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *