निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले खोलेको मन्त्री कक्ष बन्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले खोलेको मन्त्री कक्ष बन्द गराएका छन् ।

सो स्थानलाई मन्त्री घिसिङले मङ्गलवा विद्युत् प्राधिकरण प्रधान कार्यालय रत्नपार्कस्थित मन्त्री कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन् । यसअघि कुलमान कार्यकारी निर्देशक पदमा घिसिङ रहेको बेला खड्काले प्राधिकरणमा आफ्नो कार्यकक्ष खोलेका थिए । घिसिङले मङ्गलवार नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उनले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न पनि निर्देशन दिएका हुन् ।

यसअघि पुर्व मन्त्री खड्काले प्राधिकरणमा संचालक समितिको अध्यक्षको लागि भन्दै आफ्नो कार्यालय खोलेपछि चौतर्फी आलोचना भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *