आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आज (आइतबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ तर कतिबजे बस्ने भनेर समय भने तय भइसकेको छैन ।

बालुवाटार स्रोतका अनुसार आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ ।

जेनजी विद्रोहका क्रममा प्रहरीको दमनबाट ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अझै कैयौँ घाइते अस्पतालमा उपचाररत छन्। सो घटनाको छानबिन गरी दोषीलाई कार्बाही गरिनुपर्ने आवाज उठिरहेको छ । यसैका लागि सरकारले छानबिन आयोग गठन गर्ने तयारी गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *