‘दुःखद घडीमा भरोसाको सहारा–सिद्धार्थ प्रिमियरले पुरा गर्छ दाबी भुक्तानीको अभिभारा’
काठमाडौं । हालै देशमा भएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार अर्बौ रुपैयाँको क्षति भई नेपालका बीमा कम्पनीहरूमा उल्लेखनीय संख्यामा बीमा दाबी दर्ता भइरहेका छन् । यस विषम परिस्थितिको समयमा सकारात्मक सोचका साथ सम्पूर्ण व्यवसाय पुनरुत्थान तथा रास्ट्र पुनर्निर्माणको महान अभियानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पनि सरिक भई योगदान पुर्याउन प्रतिबद्द रहेको छ। कम्पनीमा बीमा दाबी रकमको एकिन विवरण संकलन गर्ने कार्य हाल जारी रहेको छ । यसै क्रममा बीमा दाबी भुक्तानीमा सधै अग्रणी भूमिकामा रहने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबी फर्छ्यौट प्रक्रिया तथा भुक्तानी सुरु गरिसकेको छ ।‘हामीलाई थाहा छ, बीमाको आवश्यकता कठिन क्षणमा पर्छ। तसर्थ सिद्धार्थ प्रिमियरको दाबी भुक्तानीको प्रयास सदाझै छिटो र पारदर्शी हुन्छ भन्नेमा विश्वस्त हुन जनाएको छ ।’ कम्पनीले सार्वजनिक गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।
भदौ २४ गते भएको आगजनी तथा हुलदंगा पश्चात भोलिपल्टै भदौ २५ गते कर्फ्युको समयमा नै कम्पनीका उच्चपदस्थ अधिकारी र सर्भेयरको टोलीले विभिन्न बीमितहरुको क्षती भएको सम्पत्तिको निरिक्षण तथा प्रारम्भिक सर्वेक्षण समेत गरेका थिए । हाल कम्पनीका बीमितहरूको दाबी परेका सम्पत्तिहरुको बीमा दाबी फर्छ्यौट प्रक्रिया द्रुत गतिमा अगाडी बढाई भुक्तानी समेत गरिरहेको जनाएको छ । कम्पनीमा बीमितहरुको सम्पत्ति आन्दोलनको क्रममा क्षती भएको तर हालसम्म पनि जानकारी गराउन छुटेको भए यथाशिघ्र दाबी सम्बन्धि जानकारी कम्पनीका देशभरिका शाखा, प्रदेश तथा प्रधान कार्यालयमा गराउनुहुन समेत अनुरोध गरेको छ । कम्पनीले गत वर्षको बाढी पहिरोका कारण सिर्जित दाबी निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी भुक्तानी गरेको थियो । साथै उक्त कम्पनीले अन्य भइपरि आउने बीमा दाबी पनि समयमा फर्छ्यौट गरी आफुलाई नेपालको बीमा बजारमा अब्बल छवि राख्न साफल भएको छ । हाल पर्न आएको दाबि पनि शिघ्र फर्छ्यौटको लागि कम्पनी प्रतिबद्द रहेको हुँदा यथाशिग्र दाबी फर्छ्यौटका लागी आवश्यक कागजात सम्बन्धित सर्भेयर वा कम्पनीमा बुझाउन समेत अनुरोध गरेको छ ।