प्राइम कमर्सियल बैंकद्वारा १८औं वार्षिकोत्सवको अवसरमा ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले २०८२ असोज ७ गते केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंसहित प्रदेशगत कार्यालय र शाखाहरूमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा रक्तदान गरिएको बैंकले जनाएको छ। उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरू गरी ४६३ जनाले रक्तदान गरेका थिए। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता र प्राविधिकलाई धन्यवाद ज्ञापन गर्दै मानवजीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा पनि प्राइम बैंक सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तै विभिन्न सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *