सोकोन नेपालको दशैं अफर , ईभी भ्यान खरिदमा उपहार र इन्स्योरेन्स सुविधा
काठमाडौं । दशैंलाई विशेष बनाउन सोकोन नेपालले ग्राहकका लागि ईभी भ्यान खरिदमा अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत नयाँ ईभी भ्यान खरिद गर्ने ग्राहकले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउने छन् । साथै, ईभी भ्यान बुकिङ गर्ने ग्राहकलाई सामसुङ ग्यालेक्सी स्मार्टफोन स्योरशट उपहारका रूपमा उपलब्ध गराइनेछ ।
सोकोन नेपालले ग्राहकलाई सजिलो बनाउन १ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस) र क्यासलेस इन्स्योरेन्स निःशुल्क उपलब्ध गराउने जनाएको छ। यससँगै, यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ । फाइनान्स सुविधा, उपहार र इन्स्योरेन्सको सहज व्यवस्थासहित ल्याइएको यो विशेष दशैं अफरले ग्राहकलाई थप निश्चिन्ततासँग नयाँ ईभी भ्यान खरिद गर्ने अवसर दिने सोकोन नेपालको दाबी छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकलाई नजिकैको सोकोन शो–रुममा पुगेर बुकिङ गर्न आग्रह गरिएको छ । थप जानकारीका लागि ९८०२३७५४२१ वा ९८०२३४०६७१ मा सम्पर्क गर्न सकिनेछ ।